June 17, 2024

काठमाडौँ – एसिसी प्रिमियर कपमा नेपाल सबै भन्दा एक कदम अगाडी देखिएको छ। समूह चरणका मात्रै चार खेल बाँकी रहँदा पनि नेपाल सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्न पुगेको हो।

समूह चरणका १६ खेल सकिँदा नै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ। प्रतियोगितामा रहेका १० टोली मध्ये नेपाल बाहेक कुनै पनि टोलीले सेमिफाइनलमा स्थान बनाउन सकेका छैनन्।

पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गरेको नेपालले साउदीसँगको खेलबाट एक अंक बटुल्दै सेमिफाइनलको यात्रा तय गरेको हो। साउदीसँगको खेल वर्षाका कारण रद्द भएको थियो।

सो खेल रद्द भएसंगै नेपाल र साउदीले एक-एक अंक बाँडेका थिए। नेपालले अन्तिम खेलमा कतारको सामना गर्नेछ। सो खेल बिहिबार हुनेछ। सो खेलमा हारे पनि जितेपनि नेपाल सेमिफाइनलमा पुग्नेछ।

तर समूह विजेता वा उपविजेता बन्ने भन्ने कुराको भने बिहिबार नै टुंगो लाग्नेछ। समूह ए बाट अव साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइनलमा स्थान बनाउनेछन्। बुधबार सो टोलीको पनि टुंगो लाग्नेछ।

ओमान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने साउदी ३ खेलमा १ मा जित, १ मा हार र १ खेल बराबर सहित चौथो स्थानमा रहेको छ। ओमानलाई पराजित गरेको खण्डमा साउदी सेमिफाइनल पुग्न सक्छ र साउदीलाई पराजित गरे ओमान सेमिफाइनल पुग्नेछ।

त्यस्तै समूह बी मा हङकङ ३ खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहेको छ। हङकङले बिहिबार कुवेत विरुद्ध खेल्दैछ। कुवेतले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जोडेको छ। कुवेत चौथो स्थानमा रहेको छ। दुई मध्ये एक टोली सेमिफाइनल पुग्नेछ।

दोस्रो स्थानमा रहेको युएईले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक बनाएको छ। बहराइन ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा रहेको छ। दुई टोली बीच बुधबार प्रतिष्पर्धा हुनेछ। यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ। नेपाल बाहेक अन्य कुनैपनि टोलीले सेमिफाइनलमा स्थान बनाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *