June 22, 2024

एजेन्सी – मंगलबार राति स्पेनिस महारथी रियल म्याड्रिडले जिरोनाको सामना गर्यो। रियल जित निकाल्ने योजना सहित जिरोनाको घरेलु मैदान पुगेको थियो। तर जिरोनाको घरेलु मैदानमा रियलले झड्का पायो।

निरन्तर बलमा नियन्त्रण राखेर आक्रमण गर्दा पनि रियलले जित निकाल्न सकेन। रियलले खेलभर बलमा ७२ प्रतिशत नियन्त्रण थियो। खेलभर रियलले १८ प्रहार गरेको थियो। त्यसमध्ये ३ प्रहार टार्गेटमा थिए भने ती मध्ये २ प्रहार गोलमा परिणत भए। रियलका लागि भिनिसियस जुनियर र लुकास भास्क्वेजले गोल गरेका थिए।

रियलले दुई गोल मात्र गर्दा घरेलु टोलीले भने खेलभरमा चार गोल गर्यो। पहिलो हाफमा दुई र दोस्रो हाफमा २ गरी जिरोनाले कुल चार गोल गरेको थियो। चारै गोल एकै खेलाडीले गरेका थिए र ती खेलाडी भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए।

भ्यालेन्टिन कास्टेलानोसले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेका थिए। रियल विरुद्ध एकै खेलमा चार गोल गर्ने २४ वर्षीय कास्टेलानोस अर्जेन्टिनी खेलाडी रहेका छन्। कुनै पनि खेलाडीले रियल विरुद्ध लालिगामा एक्लै चार गोल गरेको यो लामो समय पछि हो।

७६ वर्ष पछि कुनै पनि खेलाडीले रियल विरुद्ध लालिगाको एकै खेलमा चार गोल यो नै पहिलो पटक हो। कास्टेलानोस सन् १९४७ पछि एकैखेलमा रियल विरुद्ध चार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सन् १९४७ मा एस्टेबान इचेभेरियाले ओभिएडोका लागि पाँच गोल गरेका थिए। च्याम्पियन्स लिगमा भने सन् २०१३ मा रोबर्ट लेवान्डोस्कीले रियल विरुद्ध चार गोल गरेका थिए।

को हुन् क्यास्टेलानोस ?

क्यास्टेलानोसले क्लब युनिभर्सिडाड डे चिलीका लागि चिली फुटबलको शीर्ष उडानबाट आफ्नो क्यारियर सुरु गरेका थिए। कास्टेलानोस सन् १८ देखि अमेरिकी क्लब न्यूयोर्क सिटी फुटबल क्लबसँग आवद्ध रहेका छन्। सुरुमा उनी लोनमा न्यूयोर्क पुगेका थिए।

सन् २०१८ मा न्यूयोर्कले उनलाई पूर्ण रुपमा खरिद गरेको थियो। त्यसपछि उनी निरन्तर न्यूयोर्कमा फुटबल खेलिरहेका थिए। उनले 2021-22 सिजनमा 19 गोल गर्दै MLS गोल्डेन बुट अवार्डको विजेताको रूपमा समाप्त गरेका थिए।

स्पेनिस क्लब जिरोनाले गत समर ट्रान्सफर विन्डोमा उनलाई लोनमा भित्र्याएको हो। उनले यस सिजन जिरोनाको लागि कुल ३१ खेल खेलेका छन्। यस बीचमा उनले १२ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्। लालिगामा उनले २९ खेल खेल्दा ११ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *