June 25, 2024

एजेन्सी – मंगलबार अप्रिल २५ मा भएको ला लिगा अवे भिडन्तमा रियल म्याड्रिडले जिरोनासँग ४-२ गोलको हार बेहोर्यो। बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गर्दा पनि रियलले जिरोनालाई पराजित गर्न सकेन।

अर्जेन्टिनाका खेलाडी भ्यालेन्टिन क्यास्टेलानोसले घरेलु टोलीका लागि चार गोल गरेका थिए भने लस ब्लान्कोसका लागि भिनिसियस जुनियर र लुकास भास्केजले गोल गरेका थिए।

कार्लो एन्सेलोट्टीको टोलीले निरन्तर चार खेल जितेपछि जिरोनाको सामना गर्यो। तर जिरोना विरुद्धको खेलमा आश्चर्यजनक नतिजा निस्कियो।अघिल्लो खेलमा रियल भालाडोलिडसँग पराजित भएको जिरोनाले रियललाई चक्मा दियो।

रियल कम्जोर मानिएको टोलीसँग पराजित भएपछि सामाजिक संजालमा ट्रोलको वर्षा भएको छ। क्यास्टेलानोस एक्लैले चार गोल गर्दै रियललै स्तब्द पारेपछि उनको सामाजिक संजालमा प्रशंसा भएको छ भने रियलको व्यापक ट्रोल गरिएको छ।

सामाजिक संजालमा धेरैले च्याम्पियन्स लिग सेमिफाइनललाई जोडेर रियलको ट्रोल गरेका छन्। त्यसमध्ये केहिले यस्तो पाराले रियलले नर्वेली युवा स्टार एर्लिङ हालाण्ड सम्मिलित म्यानचेस्टर सिटीको सामना गर्न नसक्ने टिप्पणी गरेका छन्।

केहि सामाजिक संजाल प्रयोगकर्ताले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा म्याड्रिड जाइन्ट्सले म्यान्चेस्टर सिटीसँग खेल्दा एर्लिङ हालान्डले लस ब्लान्कोसलाई ध्वस्त पार्ने दाबी गरेका छन्।

एक सामाजिक संजाल प्रयोग कर्ता लेख्छन् – ‘रियलले यस्तो खेलेको देख्दा खुशी लाग्यो, हालाण्डले ध्वस्त पार्छन्, गोलको वर्षा गर्छन्।’ अर्का एक लेख्छन्,”आज रियलले अहिले सम्मकै खराब खेल खेले” थप एकले लेखेका छन् – ‘अब सिटीले यिनीहरुलाई तारा देखाउँछ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *