June 17, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले भारतीय महिला लिग (आइडब्लुएल)मा तहल्का मच्चाएकी छन्। आइडब्लुएल अन्तर्गत बुधबार गोकुलमले इस्ट बंगालको सामना गर्दा भण्डारीले तहल्का मच्चाएकी हुन्।

बुधबार भण्डारी सम्मिलित गोकुलम एफसीले इस्ट बंगाललाई ८-२ ले पराजित गर्यो। इस्ट बङ्गाल विरुद्ध भण्डारी एक्लैले ५ गोल गरिन्। भण्डारीले २२ मिनेट भित्रै ह्याट्रिक पूरा गरेकी थिइन्। त्यस्तै उनले दोस्रो हाफमा पनि गोल थपिन्। दोस्रो हाफमा उनले थप २ गोल गरेकी थिइन्।

खेलको दोस्रो मिनेटमै भण्डारीले गोलको खाता खोलेकी थिइन्। तेस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् भने खेलको २२ औं मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

भण्डारीले खेलको ७० औं मिनेटमा व्यक्तिगत चौंथो गोल गरिन् भने खेल सकिन एक मिनेट बाँकी रहँदा पाँचौ गोल गरिन्। भण्डारीका अलावा थप तीन खेलाडीले पनि गोल गरे। इन्दुले छैटौं मिनेटमा, ग्रेसले ७९ औं मिनेटमा र भिभियनले ८१ औं मिनेटमा गोकुलमका लागि गोल गरेका थिए।

विपक्षी टोलीका लागि भने तुलसी हेम्ब्रम र रिम्पा हल्दारले गरेको गोल सान्त्वना बन्यो। इस्ट बंगाल विरुद्ध गोल वर्षा गरेसंगै भन्दै खेलको उत्कृष्ट खेलाडी बन्न सफल भइन्। उनले हिरो अफ दि म्याच भन्दै १५ हजार भारतीय रुपैंयाँ समेत प्राप्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *