June 25, 2024

एजेन्सी – म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि होडमा महत्वपूर्ण सफलता हाँसिल गरेको छ। प्रिमियर लिगको महत्वपूर्ण खेलमा आर्सनल विरुद्ध जित निकालेसंगै सिटीले उपाधि होडमा ठूलो सफलता हाँसिल गरेको हो।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनल विरुद्ध सानदार प्रदर्शन गर्यो। खेलको सुरुवात देखि नै सिटीले आर्सनललाई दबाबमा राख्न सफल भएको थियो। सिटीले खेलभर बलमा अबधि नियन्त्रण राख्यो र आक्रमण पनि निरन्तर गर्यो।

खेलभर बलमा सिटीओक ५३ प्रतिशत नियन्त्रण थियो। खेलभर सिटीको तर्फबाट कुल १४ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। त्यसमध्ये ४ प्रहार गोलमा परिणत भए। सिटीको तर्फबाट केभिन डि ब्रुएनाले दुइै तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालाण्डले एक गोल गरेका थिए।

त्यस्तै आर्सनलले भने खेलभर कुल ८ प्रहार गर्यो। त्यसमध्ये २ प्रहार मात्रै टार्गेटमा थिए। त्यसमध्ये एक प्रहार मात्र गोल परिणत भएको थियो। सो गोल रोब होल्डिङले गरेका थिए। रोब होल्डिङले खेलको लगभग अन्त्यमा गरेको गोल सान्त्वना बन्न पुग्यो। सिटीले आर्सनल विरुद्ध पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गरेको थियो।

सातौं मिनेटमा ब्रुएनाको गोलबाट सिटीले अग्रता लिएको थियो। उनले हालाण्डको पासमा गोल गर्न सफल भएका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जोन स्टोन्सले सिटीका लागि दोस्रो गोल गरे। उनले ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए।

खेलको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। उनले हालाण्डकै पासमा गोल गरेका थिए। ८६औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो। इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा हालाण्डले सिटीका लागि चौंथो गोल गरे।

यस जीतसंगै प्रिमियर लिग उपाधि सिटीको नियन्त्रणमा पुगेको छ। आर्सनल भन्दा २ खेल कम खेलेको अवस्थामा सिटीको अंक ७३ पुगेको छ। जुन दुई खेल बढी खेलेको शिर्ष स्थानको आर्सनल भन्दा २ अंकले कम हो।

सिजनका ३३ खेल खेल्दा आर्सालले २३ जित र ४ हार सहित ७५ अंक बनाएको छ भने समान जित र हार सहित सिटीले ३१ खेलबाट ७३ अंक बनाएको छ। सिजनका बाँकी सबै खेल जितेको खण्डमा सिटी च्याम्पियन बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *