June 16, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलले हातमा आइसकेको प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई बुझाएको छ। बुधबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलले प्रिमियर लिगको उपाधि सिटीलाई बुझाएको हो।

सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलले बलमा नियन्त्रण राख्न सकेन भने खुलेर आक्रमण पनि गर्न सकेन। आर्सनलले सिटी विरुद्धको खेलमा बलमा मात्रै ४७ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर आर्सनलले खेलभर कुल ८ प्रहार गरेको थियो। त्यसमध्ये २ प्रहार मात्रै टार्गेटमा थिए।

जबकी खेलभर बलमा सिटीको ५३ प्रतिशत नियन्त्रण थियो। खेलभर सिटीको तर्फबाट कुल १४ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। सिटी विरुद्ध आर्सनल धेरै नै निरिह देखिन पुगेको थियो। फलस्वरूप आर्सनल ४-१ को गोल अन्तरले पराजित हुन पुग्यो।

यस हारसंगै आर्सनल दोस्रो स्थानमा झर्ने अवस्था बनेको छ। ३३ खेलबाट ७५ अंक बनाउँदै शिर्ष स्थानमा रहेपनि आर्सनल दबाबमा परिसकेको छ। प्रिमियर लिग उपाधि अब आर्सनलको हातमा छैन। प्रिमियर लिग अब सिटीको हातमा पुगिसकेको छ। सिटीले बाँकी रहेका खेलमा बराबरी वा हार बेहोरे मात्रै आर्सनलको सम्भावना बढ्नेछ।

आर्सनलले पछिल्ला पाँच खेलमा मात्र एक जित निकालेको छ। निरन्तर चार खेलमा अंक गुमाउँदा आर्सनलको हातबाट प्रिमियर लिगको उपाधि फुत्किने अवस्थामा पुगेको हो। केहि साता अगाडी लिभरपुलसँग बराबरी खेलेको आर्सनलले पछिल्ला दुई खेल पनि बराबरी खेलेको थियो।

सिटीसँगको हार संगै आर्सनलले अप्रिल महिनामा मात्रै ९ अंक गुमाएको छ। आर्सनल भन्दा २ खेल कम खेलेको अवस्थामा सिटीको अंक ७३ पुगेको छ। जुन दुई खेल बढी खेलेको शिर्ष स्थानको आर्सनल भन्दा २ अंकले कम हो।

सिजनका ३३ खेल खेल्दा आर्सालले २३ जित र ४ हार सहित ७५ अंक बनाएको छ भने समान जित र हार सहित सिटीले ३१ खेलबाट ७३ अंक बनाएको छ। सिजनका बाँकी सबै खेल जितेको खण्डमा सिटी च्याम्पियन बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *