June 22, 2024

एजेन्सी – लालिगा उपाधि जित्ने अभियानमा रहेको क्याटलान क्लब बार्सिलोनालाई नराम्रो झड्का लागेको छ। लालिगाको पछिल्लो खेलमा पराजय भोगेसंगै बार्सिलोनालाई झड्का लागेको हो। बार्सिलोना बुधबार राति भएको खेलमा रायो भालेकानोसँग स्तब्द बन्न पुग्यो।

बार्सिलोना रायो भालेकानोको घरेलु मैदानमा २-१ को गोल अन्तरले पराजित भयो। खेलभर बलमा राम्रो नियन्त्रण राखेर पनि बार्सिलोनाले जित निकाल्न सकेन, न त बराबरी नै गर्न सक्यो। बार्सिलोनाले खेल भर बलमा ६१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बार्सिलोनाको तर्फबाट कुल १० प्रहार भएका थिए।

त्यसमध्ये ५ प्रहारमा थिए। तर त्यसमध्ये एक मात्र प्रहार गोलमा परिणत भयो। बार्सिलोनाका लागि एक मात्र गोल रोबर्ट लेवान्डोस्कीले गरेका थिए। घरेलु टोलीले भने खेलभर ९ प्रहार गरेको थियो। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए भने २ प्रहार गोलमा पनि परिणत भए। भालेकानोका अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गर्न सफल भएका थिए।

पहिलो हाफको १९ औ मिनेटमै घरेलु टोलीले बार्सिलोना विरुद्ध अग्रता लिन सफल भएको थियो। त्यसबेला अल्भारो गार्सियाले र्जियो कामेलोको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेनन्। खेलको ५३औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो। फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० ले अघि बढाएका थिए।

८३औं मिनेटमा लेवान्डोस्कीले गोल गरे। तर उनको गोल बार्सिलोनालाई बचाउन पर्याप्त भने भएन। हारेपनि बार्सिलोना शिर्ष स्थानमै यथावत छ। बार्सिलोनाले ३१ खेलबाट ७६ अंक बनाएको छ। जुन दोस्रो स्थानको रियल भन्दा ११ अंकले बढी हो। बार्सिलोनालाई पराजित गरेको रायो भालेकानो ४३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *