June 16, 2024

काठमाडौँ – स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपमा कतारविरुद्ध करियरकै उत्कृष्ट प्रदर्शन गरेका छन्। कतार विरुद्ध टस हरेर ब्याटिङमा उत्रिएको नेपाल धरापमा परेको अवस्थामा लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गर्न सफल भएका हुन्।

बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा लामिछानेले रनमा व्यक्तिगत रेकर्ड नै बनाए। लामिछानेले ५८ बलमा ६ चौसहित सर्वाधिक ४२ रन बनाए। लामिछाने ४२ रन बनाउँदै नटआउट रहन सफल भएका थिए। लामिछानेले अहिले सम्म इन्टरनेसनल खेलमा यति धेरै रन बनाएका थिएनन्, यो उनको व्यक्तिगत रेकर्ड नै हो।

यसअघि सन्दीपले टियु क्रिकेट मैदानमै २०१९ नोभेम्बरमा मेरिलेबोन क्रिकेट क्रिकेट क्लब (एमसिसी) विरुद्ध उच्च रन बनाएका थिए। त्यसबेला सन्दीपले ३९ रन बनाएका थिए। उनले सो खेलमा २१ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।

लामिछानेले ३९ रन पहिलो इनिङमा बनाएका थिए। दोस्रो इनिङमा पनि त्यसबेला लामिछानेले राम्रो प्रदर्शन गर्न सफल भएका थिए। दोस्रो इनिङमा उनले २५ रन बनाएका थिए। त्यस्तै ओडिआईको कुरा गर्ने हो भने उनले ओडिआईमा उत्कृष्ट प्रदर्शन ३५ रन अविजित बनाएका थिए।

सो रन उनले आइसिसी विश्वकप लिग२ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध बनाएका थिए। यस्तै घरेलु क्रिकेटमा पनि लामिछानेले सबै भन्दा सर्वाधिक ४२ रन नै जोडेका थिए।

सन्दीपले २०२१ को काठमाडौं मेयर्स कपमा मेयर्स ११ बाट कप्तानी गर्दा बागमती प्रदेशविरुद्ध ४२ रन बनाएका थिए। त्यसबेला उनी २० बलमा ६ छक्कासहित ४२ रनमा आउट भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *