June 14, 2024

काठमाडौँ – नेपालले एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले सानदार जित निकालेको छ। ब्याटिङमा राम्रो गर्न नसकेपनि बलिङ मार्फत सानदार कम्व्याक गर्दै नेपालले उत्कृष्ट जित निकालेको हो।

नेपालको जितमा स्पिनर सन्दीप लामिछाने नायक बने। उनले सानदार अलराउन्ड प्रदर्शन गरे। नेपाल धरापमा परेको समयमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए। नेपालका लागि उनले ५८ बलमा ६ चौसहित सर्वाधिक ४२ रन बनाएका थिए।

लामिछानेले बलिङ पनि उत्कृष्ट गरे। लामिछानेले कतारको ५ विकेट लिएका थिए। ९।१ ओभर बलिङ गर्दा मात्र १४ रन खर्चिएर कतारको ५ विकेट लिए। नेपालका लागि ललितनारायण राजवंशीले दुई विकेट लिँदा सोमपाल कामीले ३ विकेट लिए।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको २५.१ ओभरमा ८९ रनमा अल आउट भयो। कतारका अन्य खेलाडीले धेरै रन नै जोड्न सकेनन्। कतारका तीन खेलाडीले १० रन भन्दा बढी जोडेपनि अन्य खेलाडीले भने १० रन कटाउन सकेनन्।

नेपालका लागि लामिछानेले सर्वाधिक ४२ रन बनाउँदा रोहित पौडेलले २७ रन बनाए। रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाए हुन्। आसिफ शेख २७ बलमा २ चौकासहित १९ रन बनाए।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाउन परेको थियो। यस जितसंगै नेपाल समूहको शिर्ष स्थानमा उक्लिएको छ। नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंक बनायो। ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहन बाध्य भयो। अब नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *