June 22, 2024

काठमाडौँ – शनिबार एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्दैछ। समूह ‘ए’को विजेता नेपालले शनिबार टियु क्रिकेट मैदानमा कुवेतको सामना गर्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र कुवेत बीचकोया खेल टियु क्रिकेट मैदानमा हुने तय गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जानकारी गराएका छन्। पाठकका अनुसार पहिला नै नेपालको खेल टियु क्रिकेट मैदानमा हुने तय भएको थियो।

नेपालले समूह चरणका चार खेल मध्ये ३ खेलमा जित निकालेको थियो भने एक खेल रद्द भएका कारण बराबरीमा गएको थियो। नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंक बनाएको थियो।

नेपालले समूहचरणको अन्तिम खेलमा कतारलाई पराजित गरेर समूह विजेता बनेको थियो। त्यस्तै ओमान समूहको उप विजेता बन्यो। ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंक सहित सेमिफाइनल प्रवेश गर्यो।

त्यस्तै समूह ‘बी’बाट भने सेमिफाइनलका लागि युएई र कुवेत छनौट भए। सो समूहको विजेता युएई बन्न सफल भयो भने उप विजेता कुवेत बनेको थियो। कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थान रहँदा युएईको नेटरनरेट २.४६८ हुँदा कुवेतको ०।२२३ रहेको थियो।

जसकारण युएई समूह विजेता बन्यो। नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको हो। कुवेत भने पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएपछि त्यसपछि निरन्तर जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

कुवेतले बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रन पराजित गर्न सफल भएको थियो। कुवेत विरुद्धको खेलमा जित निकालेको खण्डमा नेपाल फाइनल प्रवेश गर्नेछ र फाइनल पनि जितेको खण्डमा सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *