June 14, 2024

एजेन्सी – साउदी प्रो लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले महत्वपूर्ण जित निकालेको छ। साउदी प्रो लिगको उपाधि होडमा अरहेको अल नासरले शुक्रबार राति महत्वपूर्ण जित निकालेको छ।

अल नासरले सिजनको २५ औं खेलमा अल रइद विरुद्ध सानदार जित निकायो। अल रइद विरुद्धको खेलमा सुरुवात देखि नै बलमा राम्रो नियन्त्रण राखेर अल नासरले गोलवर्षा गएको थियो।

खेलभर बलमा अल नासरको कुल ६० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अल नासरको तर्फबाट कुल १८ प्रहार भएका थिए। त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए भने ४ प्रहार गोलमा परिणत भए। त्यस्तै विपक्षी टोलीले भने खेलभर मात्र ६ प्रहार गरेको थियो। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। यधपी त्यसमध्ये कुनै पनि प्रहार गोलमा परिणत हुन सकेनन्।

अल नासरले पहिलो हाफमा एक गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो। पहिलो हाफको चौथों मिनेटमा अल नासरका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए।

त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेनन्। दोस्रो हाफमा अल नासरले तीन गोल थप्यो। यस जितसंगै अल नसर २५ खेलबाट ५६ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। अल नासरले २५ खेल मध्ये १७ खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। अल नासर शिर्ष स्थानको क्लब भन्दा ३ अंकले पछि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *