June 16, 2024

काठमाडौँ – कतार विरुद्धको खेलका क्रममा आक्रमण ब्याटिङ गरेका सन्दीप लामिछाने कुवेत विरुद्धको खेलमा भने सास्तैमा समेटिएका छन्। कुवेत विरुद्धको खेलका क्रममा दिपेन्द्र सिंह ऐरीको स्थानमा ब्याटिङ गर्न आइपुगेका लामिछाने धेरै रन नबटुल्दै बाहिरिएका हुन्।

कुवेत विरुद्धको खेलका क्रममा लामिछानेले ४ बलमा ५ रन बनाउँदै बाहिरिए। त्यसक्रममा औंले चौका प्रहार गरे। लामिछाने अगाडी बढेर हिट गर्न खोज्दा स्टम्प आउट हुन पुगेका थिए।

लामिछानेको स्थानमा सोम्पाल कामी मैदान प्रवेश गरेका छन्। नेपालले ३८ ओभरमा २ सय ३७ रन जोडेको छ। नेपालले अहिले सम्म ७ विकेट गुमाइसकेको छ।

नेपाल र कुवेत बीचकोखेल ४२ ओभरको हुनेछ । वर्षाको कारण दुई घण्टा ढिलो सुरु भएपछि खेल ८-८ ओभर घटाइएको छ । दुई जना बलरले मात्रै बढीमा ९-९ ओभर बलिङ गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *