June 16, 2024

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले मास्टर पूरा गरेका छन्। ३५ वर्षीय पारसले मैतीदेवी स्थित फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट एमबीए डिग्री प्राप्त गरेका हुन्।

सन् २०२० मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका खड्काले आफूलाई मास्टरको डिग्री प्राप्त गर्न सहयोग गर्ने फिनिक्स कलेज अफ म्यानेजमेन्ट प्रति आभार पनि व्यक्त गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमा मास्टरको दीक्षान्त समारोहको केही तस्बीर साझा गर्दै उनले यसअघि राष्ट्रिय टोलीसँग रहेको कर्तव्यका कारण कुनै पनि दीक्षान्त समारोहमा सहभागिता जनाउन नपाएको हुँदा पनि यो घटना आफ्नो मनको निकै नजिक रहने दाबी गरेका छन्।

सामाजिक सञ्जालमा उनी लेख्छन्,”एमबीए सकियो। मास्टर्स कार्यक्रम पूरा गर्न प्लेटफर्म प्रदान गरेकोमा फिनिक्स कलेज अफ म्यानेजमेन्टलाई विशेष धन्यवाद। सानै उमेरमा नेपाल क्रिकेटसँगको मेरो प्रतिबद्धताका कारण मैले कुनै पनि दीक्षान्त समारोहमा उपस्थित हुने समय र अवसर पाएको छैन, त्यसैले व्यक्तिगत रूपमा यो मेरो लागि विशेष महत्त्वको छ। आशा, आकांक्षा र अनन्तलाई जित्ने सपना बोकेर भविष्यको प्रतीक्षा गर्दैछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *