June 16, 2024

फ्रेन्च स्टार किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई म्यानचेस्टर युनाइटेडका टार्गेट रहेको भनिएका रान्डल कोलो मुआनीलाई अनुबन्ध गर्न दबाब दिइरहेका छन्।

एक्सप्रेस स्पोर्टको एक रिपोर्टका अनुसार हालै मात्र फ्रान्सेली कप्तानको रूपमा नियुक्त भएका एम्बाप्पे आफ्नो देशबासीको ठूलो प्रशंसक रहेका छन् र उनलाई पार्क डेस प्रिन्सेसमा ल्याउन चाहन्छन्।

जर्मन क्लब आइनट्राच फ्रान्कफर्टबाट व्यावसायिक फुटबल खेलिरहेका कोलो मुआनीमा पीएसजीको चासो म्यानचेस्टर युनाइटेडको लागि नराम्रो समाचार हुन सक्छ, जसले फ्रान्सेली युवा स्टारलाई आउँदो ट्रान्सफर विन्डोका लागि सम्भावित लक्ष्यको रूपमा पहिचान गरेको छ।

रेड डेभिल्सका मुख्य प्रशिक्षक एरिक टेन ह्याग मार्कस रासफोर्डको काँधबाट बोझ कम गर्न नयाँ स्ट्राइकरलाई अनुबन्ध गर्न गर्न बेताब रहेको बुझिएको छ। यस सिजन ५० खेलमा २९ पटक गोल गरिसकेका इङ्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो करियरको उत्कृष्ट सिजन बिताइरहेका छन्।

यसका बाबजुद पनि रेड डेभिल्सलाई आफ्नो आक्रमण पङ्क्तिमा अर्को प्रमाणित गोलकर्ताको खाँचो छ किनभने मिडफिल्डर ब्रुनो फर्नान्डिस यस सिजन विभिन्न प्रतियोगितामा १० गोलका साथ क्लबमा दोस्रो उच्च स्कोरर हुन्।

यसै कारण पनि टेन ह्यागले टोटेनहम हटस्परका ह्यारी केन र नेपोली फ्रन्टम्यान भिक्टर ओसिमहेनको साथमा कोलो मुआनी माथि नजिकबाट नजर राखेको बताइएको छ। कोलो मुआनीले गत गर्मीमा नान्टेसबाट नि:शुल्क स्थानान्तरणमा बुन्डेसलिगा दिग्गजसँग सामेल भएदेखि आइनट्राच फ्रान्कफर्टको जर्सीमा निकै उत्कृष्ट प्रदर्शन गरेका छन्।

बहुमुखी फरवार्डले यस सिजन बुन्डेसलिगा टोलीका लागि ४० खेलमा २० गोल गरेका छन् भने १४ असिस्ट प्रदान गरेका छन्। फ्रान्कफर्टले पनि £ ८८ मिलियनको शुल्कमा आफ्नो स्टार फरवार्डसँग अलग हुन सहमति जनाउने विभिन्न रिपोर्टले दाबी गर्दै आएका छन्।

अर्कोतर्फ, पेरिस क्लब पीएसजी यस गर्मीमा आफ्नो टोलीको हेरफेर गर्न इच्छुक रहेको बुझिएको छ किनकि उनीहरूले आफ्नो तलब बिल काट्न आवश्यक छ। अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सिजनको अन्त्यसँगै नि:शुल्क ट्रान्सफरमा फ्रेन्च क्लब छाड्ने उच्च सम्भावना रहेको छ भने अर्का स्टार फरवार्ड नेयमारको भविष्य पनि पेरिसमा अनिश्चित रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *