June 14, 2024

एजेन्सी – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले भारतमा तहल्का मच्चाइरहेकी छन्। भण्डारीले भारतीय महिला लिग (आइडब्लुएल)मा निरन्तर तहल्का मच्चाउन सफल भएकी हुन्।

भण्डारीले शनिबार गोकुलम करेला एफसीको दोस्रो खेलमा पनि गोल वर्षा गरिन्। पहिलो खेलमा गोल वर्षा गरेकी भण्डारीले दोस्रो खेलमा पनि गोल वर्षा गर्न सफल भएकी हुन्। गोकुलमले इस्ट बंगाललाई ८–२ ले हराएको खेलमा ५ गोल गरेकी भण्डारीले शनिबार स्पोर्टस उडिसा विरुद्ध पनि ह्याट्रिक पूरा गरिन्।

शनिबार भारतीय महिला लिग (आइडब्लुएल) मा स्पोर्टस उडिसालाई ८–१ ले पराजित गर्यो। उडिसा विरुद्ध भण्डारीले कुल ४ गोल गरिन्। शनिबार सावित्राले सातौं मिनेटमा गोलको खाता खोलेकी थिइन्।

उडिसाकी सुमित्राले १२ औं मिनेटमा बराबरी गोल फर्काएपनि भिभियनले २८ औं मिनेटमा गोल गर्दा पुनः गोकुलमलाई अग्रता दिलाइन्। ग्रेसले ४३ औं मिनेटमा तेस्रो गोल गरिन्। ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा गोकुलम ४-१ को अवस्थामा पुग्यो।

लगत्तै ६३ औं मिनेटमा अर्को गोल गर्दा उनको ह्याट्रिक पूरा भयो। सिकीले गोकुलमका लागि छैठौं गोल गरिन् भने सातौँ गोल सावित्राले गरेकी थिइन्। सावित्राले खेलको ७९ औं मिनेटमा गोल गरेकी हुन्। भिभियनले ८६ औं मिनेटमा गोकुलमका लागि आठौँ गोल गरिन्। आइडब्लुएलका दुई खेलमै भण्डारीले ९ गोल गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *