June 25, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लिग १ को एक रेकर्ड तोड्ने अवसर पाउने भएका छन्। पहिलो सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो सिजन निरन्तर राम्रो प्रदर्शन गरिरहेका मेस्सीले फ्रेन्च लिग वानको एक रेकर्ड तोड्ने अवसर पाउने भएका हुन्।

मेस्सीले फ्रेन्च लिग वानको एकै सिजनमा सबैभन्दा बढी असिस्ट दिने खेलाडी बन्ने मौका पाएका छन् । अर्जेन्टिनाका सुपरस्टारले यो अवधिमा १५ वटा लिग असिस्ट दिएका छन् ।

उनलाई कीर्तिमान तोड्न थप चार असिस्ट चाहिन्छ । हाल सो कीर्तिमान मेस्सीका स्वदेशी एन्जल डि मारियाको नाममा छ । रियल म्याड्रिडका पूर्व विङ्गरले सन् २०१५-१६ अभियानमा १८ असिस्ट दर्ता गरेका थिए।

असिस्ट बाहेक मेस्सीले यो सिजन गोल पनि गरेका छन् । उनले लिगमा १५ पटक गोल गरेका छन् । समग्रमा, पिस्जी नम्बर ३० ले यस अवधिमा सबै प्रतियोगिताहरूमा ३६ खेलहरूमा २० गोल गरेका छन् र १९ असिस्ट प्रदान गरेका छन्।

क्रिस्टोफ गाल्टियरको टोलीले लिग १ मा लोरिएन्टसँग अर्को खेल खेल्दैछ। उनीहरु एन्जर्स विरुद्ध २-१ को जित निकाल्दै आदि बढेका हुन्। पेरिसले लिग १ को उपाधिको दौडमा अग्रता लिएको छ । पिएसजीले ३२ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानमा रहेको मार्से भन्दा आठ अंक अगाडि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *