June 22, 2024

काठमाडौँ – गएको केहि दिन देखि सुरु भएको वर्षा मंगलबार पनि जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि पानी पर्नेछ। सोमबारनेपाल र यूएईबीचको खेल लगभग सबै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

“देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशै भरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।”,महाशाखाले सोमबार दिउँसोको मौसम पूर्वानुमान बारे आफ्नो मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ।

मंगलबार वर्षा हुँदा नेपालमा जारी एसीसी प्रिमियम कप प्रभावित हुने उच्च सम्भावना देखिन्छ। सोमबार नेपाल र यूएई बीच एसीसी प्रिमियम कपको फाइनल खेल हुँदैछ। तर सो खेल वर्षा भएका प्रभावित हुनेछ।

एसियन क्रिकेट काउन्सिल अन्तर्गतको खेलमा अपराजित नेपालले फाइनल खेलका लागि युएईको सामना गर्न लागेको हो। शनिबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल फाइनल पुगेको हो भने युएई पनि वर्षाका कारण खेल अवरुद्ध हुँदा डिएल मेथडबाट ओमानसँग जम्मा २ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

सोमबार फाइनल खेल टियु क्रिकेट मैदानमा हुने तय भएको छ। सो खेल हुन नसकेको खण्डमा नेपाल र यूएईबीचको खेल मंगलबारका लागि सर्नेछ। मंगलबार पनि खेल हुन नसकेको खण्डमा दुई ओभरको सुपर ओभरमा खेल हुनेछ। मौसमका कारण सुपर ओभर पनि सम्भव नभए नेपाल सिधै च्याम्पियन घोषित हुनेछ।

सबै अवस्थामा खेल रद्द हुँदा वरियताका आधारमा टिम च्याम्पियन घोषणा हुने भएको हो। अहिले नेपाल आईसीसीको ओडीआई वरियतामा १४ औं स्थानमा छ भने यूएई १९ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *