June 25, 2024

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटी उक्लिएको छ। सिजनको सुरुवात देखि प्रिमियर लिगको शिर्ष स्थानमा रहँदै आएको आर्सनललाई पछि पार्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो।

सिटीले आइतबार राति फुलहमको सामना गर्यो। फुलहमको घरेलु मैदानमा सिटीले २-१ को जित निकाल्यो। खेलको सुरुवात देखि नै बलमा राम्रो नियन्त्रण राख्दै सिटीले जित निकाल्न सफल भएको हो।

सिटीले खरभर बलमा कुल ६३ प्रतिशत नियन्त्रण राखेको थियो। सिटीको तर्फबाट खेलभर कुल १२ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। ती मध्ये २ प्रहार गोलमा परिणत भए।

सिटीका लागि एर्लिङ हालाण्ड र जुलियन अल्भारेजले गोल गरेका थिए। हालाण्डको गोल खेलको तेस्रो मिनेटमा आएको थियो। सिटीले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। अल्भारेजको गोल भने खेलको ३६ औं मिनेटमा आएको थियो।

घरेलु टोलीले भने खेलभर कुल ४ प्रहार गरेको थियो। जसमध्ये एक मात्र प्रहार टार्गेटमा थियो भने सो प्रहार नै गोलमा परिणत भएका थिए। फुलहमका लागि अल्भेस मोराइसले खेलको १५ औं मिनेटमा गोल गरेका थिए।

फुलहम विरुद्धको खेलमा जित निकालेसंगै सिटीले ३२ खेलमा ७६ अंक बनाएको छ। सिटीले यस सिजन २४ खेलमा जित निकालेको छ भने ४ खेलमा हार बेहोरेको छ। एक खेल कम खेल्दा नै सिटी आर्सनल भन्दा एक अंकले अगाडी छ। त्यस्तै पराजित फुलहम ३३ खेलबाट ४५ अंक बटुलेर १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *