June 25, 2024

एजेन्सी – फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई नराम्रो झड्का लागेको छ। फ्रेन्च लिग वानको ३३ औं खेलमा पिएसजीले नराम्रो झड्का भेटेको हो। आइतबार राति पिएसजी घरेलु मैदानमै पराजित हुन पुग्यो।

पिएसजी सोमबार राति घरेलु मैदानमै लोरिएन्टसँग ३–१ ले पराजित भयो। पिएसजी खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको थियो। लोरिएन्टका एन्जो लि फि, डारलाइन योङ्वा र एहमाडोउ बम्वा डिइङले गोल गर्दा पिएसजीका लागि केलियन एमबाप्पेले गोल गरे।

पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिए पनि पिएसजीले बलमा राम्रो नियन्त्रण राख्यो। तर पिएसजीले खुलेर आक्रमण भने गर्न सकेन। पिएसजीले खेलभर बलमा ५४ प्रतिशत नियन्त्रण राखेको थियो।

पिएसजीको तर्फबाट खेलभर कुल १३ प्रहार भएका थिए। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा परिणत भएको थियो। त्यस्तै लोरिएन्टको तर्फबाट भने खेलभर १४ प्रहार भएका थिए। त्यसमध्ये ७ प्रहार टार्गेटमा थिए। जसमध्ये ३ प्रहार गोलमा परिणत भएका थिए।

खेलमा पछि परिसकेको पिएसजी २०औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो। खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट पाहुना टोलीले अग्रता लिएको थियो। डिफेन्डर अचरफ हाकिमी दोहोर कार्ड बेहोरेसंगै पिएसजी १० खेलाडीमा समेटिन पुगेको हो। पिएसजी १० खेलाडीमा समेटिएपछि २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याए।

३९औं मिनेटमा डारलाइन योङ्वाले गोल गर्दै पुनः पाहुना टोलीलाई अग्रता दिलाए। ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दा ३-१ को अवस्थामा पुग्यो। ८६औं मिनेटमा उनको गोलले मान्यता पाउन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *