June 22, 2024

काठमाडौँ – नेपालले एसिसी प्रिमियर कपको फाइनल खेलमा युएई धरापमा परेको छ। नेपालले सानदार बलिङ गरेसंगै युएई धरापमा हो। नेपालले निरन्तर विकेट लिँदा युएई सस्तैमा समेटिने अवस्था बनेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईको ६ विकेट गैसकेको छ। २४ ओभरमै नेपालले युएईको ६ विकेट लिन सफल भएको हो। २४ ओभर सकिँदा युएईले ६ विकेटको क्षतीमा ९६ रन बनाउन सफल भएको छ।

नेपालका लागि कारण केसीले सर्वाधिक २ विकेट लिन सफल हुँदा सोम्पाल कामि, सन्दीप लामिछाने, ललित राजबंशी र गुलसन झाले एक-एक विकेट लिन सफल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *