June 22, 2024

काठमाडौँ – एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी युएईको ब्याटिङ टिक्न नसक्ने देखिएको छ। नेपालले निरन्तर उच्च स्तरको बलिङ गरेसंगै युएईको ब्याटिङ लाइनअप टिक्न नसकने अवस्थामा पुगेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेको छ। युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनी अर्धशतक प्रहार गर्नबाट मात्र चार रनले चुके। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच आउट गराएका थिए।

त्यस लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरेसंगै युएई अल आउटको संघारमा पुग्यो। २७ दश्मलभ ३ ओभर हुँदा खेल पुनः वर्षका कारण रोकिन पुग्यो। ललितले दिएका ती दुवै विकेट आठौँ र नवौं थिए।

त्यस भन्दा अगाडी पनि उनले एक विकेट लिएका थिए। ललितले युएई विरुद्ध कुल ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र कारण केसीले २-२ विकेट लिन सफल भए। सोम्पाल कामि र गुलसन झाले पनि युएई विरुद्ध एक-एक विकेट लिए।

गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका थिए भने सोम्पाल कामिले ओपनर मोहमद वासीमलाई ११ रनमा आउट गरेका थिए। अर्का ओपनर आर्यन लक्रालाई कारण केसीले १३ रनमा आउट गरेका थिए।

वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गर्न सफल भएका थिए। रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानले आउट गर्दै मैदानबाट फिर्ता पठाए। अब एक विकेट गुमाउने बितिकै युएई अल आउट हुनेछ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ४.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएका छन् भने सन्दीप लामिछानेले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिन सफल भएका छन्। करण केसीले ७ ओभर बल फाल्दा १ मेडन राख्दै २६ रन खर्चेर २ विकेट लिएका छन् । सोमपाल कामी र गुलशन झाले समान एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *