June 22, 2024

एसिया कप २०२३ आयोजना पछिल्ला केही हप्तामा धेरै चर्चाको विषय बनेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीच देखिकेको मदभेदका कारण यो प्रतियोगिता स्थगित नै हुने सम्भावना रहेको बुझिएको छ।

पाकिस्तानले सेप्टेम्बर २०२३ मा एसिया कपको आयोजना गर्ने तालिका रहेको हुँदा यस प्रतियोगिताको हाइब्रिड मोडेल, जहाँ भारतीय टोलीले आफ्ना खेल पाकिस्तान बाहिर खेल्ने, पनि कथित रूपमा अस्वीकार गरिएको छ।

यदि पीसीबी हाइब्रिड मोडलको योजनामा अडिग रह्यो भने सन् २०२३ मा एसिया कप आयोजना हुन नसक्ने सम्भावना धेरै रहेको विभिन्न स्रोतले दाबी गर्न थालेका छन्। अर्को देशमा आयोजना गर्ने विचारलाई पीसीबीले पूर्ण रूपमा अस्वीकार गरेको छ भने यदि यस्तो भएमा श्रीलंका र युएईलाई सम्भावित विकल्पको रूपमा हेरिएको छ।

पीसीबीले घरमै एसिया कप आयोजना गर्नु बाहेक अन्य सबै विकल्पलाई अस्वीकार गर्दै आएको छ। पाकिस्तानी बोर्डले यो मुद्दा अहिले समाधान नगरेमा २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्दा समस्या निम्त्याउन सक्ने बताएको छ। यस्तोमा, धेरै स्रोतहरूले यो पनि खुलासा गरे कि एसिया कप पङ्क्तिमा छिट्टै ठूलो निर्णय हुन सक्छ।

एसिया कप रद्द हुने चर्चाका बीच यता नेपालमा जारी एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल पहिलो पटक एसिया कपमा सहभागिता जनाउने दाउमा रहेको छ। सोमबार फाइनल खेलमा नेपाल र युएई बीच प्रतिस्पर्धा जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *