June 25, 2024

काठमाडौँ – सोमबार वर्षाका कारण स्थगित भएको नेपाल र युएई बीचको खेल आज सुचारु हुँदैछ। निरन्तर वर्षा भएपछि सोमबार स्थगित भएको नेपाल र युएई बीचको खेल आज हुन लागेको हो।

नेपाल र युएई बीचको खेल सोमबार जुन अवस्थामा स्थगित भएको थियो, सोहि अवस्थामा सुरु हुनेछ। खेल युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट सुरु गर्नेछ। खेलसुरु हुँदा नेपालका स्पिनर ललित नारायण राजवंशी बलिङमा हुनेछन्।

ललितसँग आज सूवर्ण अवसर पनि हुनेछ। आज हुने खेलको पहिलो बलमै ललितले ह्याट्रिकको अवसर पाउनेछन्। यस अगाडीका लगातार दुई बलमा विकेट लिसकेका उनले आज हुने पहिलो बलमा विकेट लिन सकेको खण्डमा उनको ह्याट्रिक पूरा हुनेछ।

यदि ललितले आजको खेलमा पहिलो बलमै विकेट लिन सके उनी नेपालबाट ओडिआईमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बन्नेछन्। त्यस्तै उनीसँग विश्वको ५१ औं खेलाडी बन्ने अवसर छ।

ललितले दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुरु खानलाई स्लिपमा आरिफ शेखबाट क्याच गराउँदै ह्याट्रिक नजिक पुगेका हुन्। ह्याट्रिक नजिक पुगेपनि वर्षाका कारण खेल स्थगित भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *