June 25, 2024

काठमाडौँ – नेपालका युवा अलराउण्डर गुलसन झा प्लेर अफ द म्याच बन्न सफल भएका छन्। झा एसिसी प्रिमियर कपको फाइनलका लागि उत्कृष्ट खेलाडी घोषित भएका हुन्। फाइनलमा युएई विरुद्ध उत्कृष्ट ब्याटिङ गरेका झा प्लेर अफ द म्याच बन्न सफल भएका हुन्।

मंगलबार युएईलाई ७ विकेटले पराजित गरेसंगै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्न सफल भएको हो। सोमबार स्थगित भएर मंगलबार पुनः सुचारु भएको खेलमा नेपालले जित पक्का गर्न सफल भएको हो।

जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्न सफल भयो। नेपालको सुरुवात राम्रो हुन नसकेपनि खललाई गुलशन झा र भीम सार्कीले नियन्त्रणमा राखे।

युएई विरुद्धको जितमा झा नायक बन्न सके। उनले ३ विकेट गुमिसकेको अवस्थामा सम्हालिएर ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। उनले युएई विरुद्ध ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रन प्रहार गरे। गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक रहेको छ।

उनले ७५ बलमा अर्धशतक पुरा गर्न सफल भए। गत महिना गुलशनले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नै उनले अर्धशतक प्रहार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *