June 25, 2024

काठमाडौँ – एसीसी प्रिमियर कप जिताउन महत्वपूर्ण भूमिका निभाएका गुल्सन झाले प्रशिक्षक मोन्टी देसाईको सुझाव अनुसार खेल्दा सफल भएको बताएका छन्। एसीसी प्रिमियर कपको फाइनलमा युएई विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका झाले प्रशिक्षकको मार्गदर्शन अनुसार अगाडी बढ्दा सफल भएको बताएका हुन्।

युएई विरुद्धको जितमा झा नायक बने। उनले ३ विकेट गुमिसकेको अवस्थामा सम्हालिएर ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे। उनले युएई विरुद्ध ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रन प्रहार गरे। गुलशनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक रहेको छ।

उनले ७५ बलमा अर्धशतक पुरा गर्न सफल भए। उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी प्लेयर अफ द म्याच बन्न पनि सफल भए। प्ल्येरा अफ द म्याच प्राप्त गरेपछि बोल्नेक्रममा उनले प्रशिक्षकले आफ्नो स्ट्रेन्थमा खेल्न सुझाव दिएको र सो सुझाव अनुसार नै खेल्दा राम्रो भएको बताए।

“प्रशिक्षकले आफ्नो स्ट्रेन्थमा खेल्नु भन्नुभएको थियो । मैले त्यही सोचेर खेले । प्रशिक्षकले तिमी माथिल्लो क्रममा खेल्न सक्छौ भन्नु भयो । प्रशिक्षकले नै हौसला बढाएपछि खेलका लागि म तयार थिएँ ।”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *