June 14, 2024

एजेन्सी – स्पेनिस लालिगामा रियल म्याड्रिडले लालिगाको उपाधि बार्सिलोनालै बुझाउने भएको छ। निरन्तरको कम्जोर प्रदर्शन संगै रियलले लालिगाको उपाधि बार्सिलोनालाई बुझाउने भएको हो। मंगलबार राति पनि रियलले कम्जोर खेल प्रदर्शन गर्यो।

रियल रियल सोसिडाडसँग २–० ले स्तब्ध बन्न पुग्यो। रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल १० खेलाडीमा समेटिएर रियल सोसिडाडसँग २–० ले स्तब्ध बन्न पुगेको थियो। खेलको ६१औं मिनेटमा रियल १० खेलाडीमा सेमटिन पुगेको थियो। ९ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै डिफेन्डर ड्यानी कार्भाजल मैदानबाट बाहिरिएपछि रियल समस्यामा परेको हो।

सोसिडाड विरुद्ध कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, मिडफिल्डर लुका मोड्रिक र सेन्टर ब्याक डेभिड अलाबा थिएनन्। जसकारण रियलले खेललाई पूर्ण आफ्नो नियन्त्रणमा राख्न सकेन। रियलले खेलभर बलमा मात्र ४६ प्रतिशत नियन्त्रणमा राखेको थियो। खेलभर रियलको तर्फबाट १० प्रहार भएका थिए। त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए। तर एक प्रहार पनि गोलम परिणत हुन सकेनन्।

यस्तै घरेलु टोलीले भने खेलभर मात्र ९ प्रहार गरेको थियो। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए र २ प्रहार गोलमा पनि परिणत भए। रियल विरुद्ध रियलकै पुर्व खेलाडी ताकेफुसा कुवो र एन्डर ब्यारेनेटक्सियाले गोल गर्न सफल भएका थिए।

यस हारसंगै रियल उपाधि होडमा १५ अंकले पछि परेको छ। रियलले ३३ खेलबाट ६८ अंक जोड्दा शिर्ष स्थानको बार्सिलोनाले समान खेलबाट ८२ अंक जोडेको छ। रियललाई हराएको रियल सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा यथावत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *