June 17, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) र अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बीचको सम्बन्ध बिच्छेद भएको छ। पिएसजीले मेस्सी माथि प्रतिबन्ध लगाएसंगै दुई बीचको सम्बन्ध बिच्छेद भएको हो।

पिएसजी र मेस्सी बीचको सम्बन्ध नराम्रोसँग निग्रिएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। मेस्सी र पिएसजी बीच यस अगाडी नै सम्झौता थप नहुने स्पष्ट भैसकेको छ। मेस्सीले सम्झौता थप नगर्ने भएपछि बिग्रिएको सम्बन्ध प्रतिबन्ध पछि थप बिग्रिएको फ्रेन्च मिडियाहरु बताउँछन्।

क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गरेपछि पिएसजीले अर्जेन्टिनी कप्तान मेस्सीलाई दुई साताको लगाएको छ। साउदी भ्रमण लगत्तै मेस्सीले लिग वानमा लोरिएन्टविरुद्ध खेलेका थिए। सो खेलमा पिएसजी ३-१ को गोल अन्तरले पराजित भएको थियो।

निलम्बन अवधिमा मेस्सीले पीएसजीबाट प्रशिक्षण गर्न वा खेल्न पाउनेछैनन्। सो प्रतिबन्ध पछि मेस्सीले अब ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउने छन्। पिएसजीले यस सिजन अब मात्र पाँच खेल खेल्न बाँकी छ।

त्यसमध्ये दुई खेल खेल्न नपाउने पक्का भैसकेका मेस्सीले बाँकी रहने तीन खेल पनि खेल्ने नखेल्ने टुंगो छैन। पिएसजी र मेस्सी बीचको सम्बन्ध थप बिग्रंदा मेस्सीले ती तीन खेल पनि नखेल्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *