June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई बार्सिलोनामा फर्काउन सर्जियो अगुएरो खटिएको खुलासा भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सीलाई बार्सिलोना फर्काउन सर्जियो अगुएरो खटिएका हुन्। ताजा रिपोर्टले मेस्सीलाई फिर्ता ल्याउन अगुएरोले पर्दा पछाडिको मुख्य भूमिका खेलिरहेको देखाएको छ।

सेवानिवृत्त फुटबलरले आफ्नो पूर्व राष्ट्रिय टोली साथी क्याम्प नोउमा फर्केको देख्न चाहिरहेका छन्। मेस्सी बार्सिलोना फिर्ता हुन् र बार्सिलोनामै सन्यास लिउन् भने अगुरोको चाहना छ। मेस्सी बार्सिलोना फर्किँदा धेरै राम्रो हुने अगुएरोको बुझाई छ।

“”मेरो अनुभूति अनुसार लियो मेस्सी बार्सिलोनामा फर्कने सम्भावना ५०% छ। मलाई लाग्छ कि लियोले बार्सिलोनाबाट सन्यास लिनुपर्छ। बार्सिलोना उनको घर हो, उनले आफ्नो करियर यहीं समाप्त गर्नुपर्छ।”,अगुएरो भन्छन्।

फेब्रिस हकिन्सको रिपोर्ट अनुसार मेस्सी बार्सिलोना फर्कन ठूलो तलब कटौती गर्न तयार छन्। PSG स्टारले ब्लुग्रानाको अवस्था बुझेका छन् र उनले तलब एक तिहाईले घटाउनेछन्। एल चिरिन्गुइटो टिभीका जोस अल्भारेजले गत महिना सम्भावित ज्याला कटौतीको बारेमा खुलासा गरेका थिए।

“लियो मेस्सी तलब कटौती गर्न र बार्सिलोनाको अवस्था अनुसार तलबमा समायोजन गर्न तयार छन्। लापोर्टाले उनीसँग आमनेसामने कुरा गर्नुपर्छ।”,जोस अल्भारेजले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *