June 16, 2024

एजेन्सी – प्रिमियर लिग क्लब न्यूक्यासल ब्राजिलियन स्टार नेयमार भित्र्याउने दौडमा सामेल हुने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमार भित्र्याउने दौडमा न्यूक्यासल पनि सामेल हुने भएको हो। न्यूक्यासलका धेरै जस्ता अधिकारीहरु नेयमार भित्र्याउन सकारात्मक देखिएको बेलायती मिडियाहरुले जनाएका छन्।

न्यूक्यासल युनाइटेडका बहुसंख्यक शेयरधनिहरु पेरिस सेन्ट-जर्मेनका स्टार नेयमारलाई प्रिमियर लिगमा ल्याउन इच्छुक रहेको बताइएको छ। साउदीका लगानीकर्ताहरु नेयमार भित्र्याउन चाहने खुलासा खेल मिडिया ९० मिनेटले पनि गरेको छ।

पिएसजीले आगामी समर ट्रान्सफर विन्डोमा नेयमारलाई बिक्रीमा राख्ने लगभग पक्का भैसकेको फ्रेन्च मिडियाहरुले जनाएका छन्। पिएसजी नेयमारलाई बिक्री गरेर उनको स्थानमा युवा खेलाडी भित्र्याउने योजनामा छ। न्यूक्यासलमा साउदी अरेबियाको लगानी रहेको छ र विश्वकै सबै भन्दा धनि क्लब रहेको छ।

न्यूक्यासल शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनोट हुने लगभग पक्का भइसकेको छ। यससंगै न्यूक्यासललाई स्टार खेलाडीहरु भित्र्याउन बाटो खुलेको छ। आउने सिजन च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्नको लागि न्यूक्यासलले आउने समर ट्रान्सफर विन्डोमा आक्रामक रुपमा खेलाडी भित्र्याउन सक्ने अनुमान लगाउन सकिन्छ।

न्यूक्यासल यति बेला प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ। सिजनका ३३ खेल खेल्दा उसले १८ खेलमा जित निकालेको छ भने मात्र ४ खेलमा हार बेहोरेको छ। सिजनका ५ खेल खेल्न बानकी रहँदा नै ६५ अंक जोडिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *