June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले माफी मागेका छन्। क्लबको अनुमति बेगर फ्रान्स छाडेर अन्यत्र गएको विषयमा आफ्नो गल्ती स्वीकार गर्दै मेस्सीले माफी मागेका हुन्। मेस्सीले क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गर्नु गल्ती रहेको भन्दै माफी मागेका छन्।

क्लबले अनुशासनको कारवाही गर्दै मेस्सी माथि दुई साताको प्रतिबन्ध लगाइसकेको छ। क्लबले कारवाही गरेपछि मेस्सीले सार्वजनिक रुपमै माफी मागेका छन्। शुक्रबार सामाजिक संजाल मार्फत एक भिडियो सार्वजनिक गर्दै मेस्सीले आफूले गरेको कामको लागि माफी चाहेको बताएका छन्।

क्लबले दुई साताको निलम्वन गरेपछि मेस्सीले क्लब र क्लबका सहयात्रीसँग क्लबको अनुमतिविनै साउदी भ्रमण गर्नु गल्ती भएको स्वीकार गरेका छन्। उनले आफ्ना पिएसजीका सहकर्मीहरुसँग माफी मागेका छन्। उनले यस भन्दा अगाडी पनि साउदीको भ्रमण रद्द गरेको उल्लेख गर्दै यस पटक भने रद्द गर्न नसकेको बताएका छन्।

“सबैभन्दा पहिले, म क्लबमा मेरो टोलीका साथीहरूसँग माफी माग्न चाहन्छु। मैले इमानदारीपूर्वक सोचे कि हामीले खेल पछिको दिन बिदा पाउनेछौँ जसरी हामीले पहिले पाउने गरेका थियौं। मैले साउदी अरेबियाको यात्रा पहिले रद्द गरेको थिएँ, तर यो पटक सकिनँ। फेरी पनि मैले गरेको कामको लागि माफी माग्छु । म यहाँ छु र क्लबले के गर्न चाहन्छ हेर्नको लागि पर्खिरहेको छु।”,मेस्सीले एक सन्देश जारी गर्दै भनेका छन्।

पिएसजीको प्रतिबन्धका कारण मेस्सीले दुई खेल गुमाउने पक्का भैसकेको छ। मेस्सीको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। मेस्सी र पिएसजी बीचको सम्झौता थप नहुने उच्च सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *