June 14, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले अन्ततः जित निकाल्न सफल भएको छ। निरन्तर लामो समय देखि जित बिहिन रहेको चेल्सीले अन्ततः शनिबार राति जित निकाल्न सफल भएको हो। चेल्सीले शनिबार राति ९ खेलपछि १०औं खेलमा जित निकाल्न सफल भयो।

चेल्सीले बर्नमाउथलाई उसकै घरेलु मैदानमा ३-१ को गोल अन्तरले पराजित गर्यो। चेल्सीले बर्नमाउथ विरुद्धको खेलमा बलमा राम्रो नियन्त्रण राखेको थियो भने आक्रमण पनि खुलेर गरेको थियो। चेल्सीले बलमा ६६ प्रतिशत नियन्त्रण राख्दा कुल ११ प्रहार गर्यो।

त्यसमध्ये ५ प्रहार टार्गेटमा थिए भने तीन प्रहार गोलमा परिणत भए। त्यस्तै घरेलु टोलीले भने खेलभर १० प्रहार गरेको थियो। त्यसमध्ये ४ प्रहार टार्गेटमा रहेपनि गोलमा भने मात्र एक प्रहार परिणत भयो।

पहिलो हाफमा दुवै टोलीबाट गोल भएपनि दोस्रो हाफमा भने चेल्सीले मात्र गोल गर्न सफल भएको थियो। भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा चेल्सीको जितमा कोनोर गल्लाघेर, बेनोइट बाडियासिल र जोआओ फेलिक्सले गोल गर्दा र्नमाउथका माटिअस भिनाले एक गोल गरे।

यस जितसंगै शिर्ष १० मा अटाउने चेल्सीको योजना सफल हुने देखिएको छ। सिजनको सुरुवात देखि चेल्सीको कम्जोर लय जारी छ। चेल्सीले ११ मार्चमा लेस्टर सिटीलाई ३–१ ले पराजित गरेयता कुनै पनि खेल जित्न सकेको थिएन। विभिन्न प्रतियोगितामा उसले यस बीचमा कुल ९ खेल खेलेको थियो। जसमध्ये कुनै पनि खेलमा चेल्सीले जित निकाल्न असमर्थ भएको थियो।

यस जितसँगै चेल्सी ३४ खेलबाट ४२ अंक जोड्न सफल भएको छ। चेल्सी अहिले ११औं स्थानमा छ। चेल्सी १० औं स्थानको फुलहम भन्दा ३ अंकले पछि छ। राजित बर्नमाउथ ३५ खेलबाट ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *