June 25, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बिना नै पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ। पिएसजीले आइतबार राति अवे खेलआ सानदार जित निकालेको हो। पिएसजीले ट्रोएसलाई उसकै घरेलु मैदानमा ३-१ को गोल अन्तरले पराजित गर्यो।

पिएसजीको कारवाही पछि प्रतिबन्धका कारण मेस्सी उपलब्ध नभएपनि पिएसजीले खेलभर बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गर्यो। पिएसजीले खेलभर ६१ प्रतिशत नियन्त्रण राख्दै ३१ प्रहार अरेको थियो। त्यसमध्ये १२ प्रहार टार्गेटमा थिए। जसमा तीन प्रहार गोलमा पनि परिणत भए।

घरेलु टोलीले भने खेलभा मात्रै ७ प्रहार गरेको थियो। जसमध्ये ३ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा परिणत भयो। पिएसजीको जितमा किलियन एमबाप्पेसँगै भिटिन्हा र फावियन रुइजले गोल गरे भने घरेलु टोलीका लागि जेभियर चाभालेरिनले एक गोल गरे।

खेलको आठौं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेनन्। दोस्रो हाफमा भने कुल तीन गोल भए। पिएसजीले दोस्रो हाफमा दुई गोल गर्दा घरेलु टोलीले पनि एक गोल गर्यो।

यस जितसंगै शीर्षस्थानमा रहेको पिएसजीको ३४ खेलबाट ७८ अंक पुगेको छ। लिग वानमा चार खेल बाँकी रहँदा पिएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको लेन्सको ७२ अंक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *