June 25, 2024

एजेन्सी – विश्वकप पछि क्रिस्टियानो रोनाल्डोका पूर्व रियल मड्रिडका सहकर्मी मेसुट ओजिल सोच बदलिएको छ। विश्वकप अगाडी अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो मध्ये को उत्कृष्ट भन्दा रोनाल्डो रोज्ने ओजिलको दृष्टिकोण बदलिएको हो।

कतार विश्वकपमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए। मेस्सीले विश्वकप भरमा कुल ७ गोल गरेका थिए भने ३ असिस्ट प्रदान गरेका थिए। अर्जेन्टिनालाई विश्व विजेता बनाउन मूख्य भूमिका निभाएका उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।

हालसालै एक अन्तर्वार्ताका क्रममा ओजिललाई मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा उनले विश्वकप पछि रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट भन्ने आफूलाई लागेको बताए। उनले भने,”यो गाह्रो प्रश्न हो। तर म मेस्सीलाई रोज्नेछु, किन भने उनले विश्वकप जितेका छन्।”

रियल म्याड्रिडमा रहँदा क्रिस्टियानो रोनाल्डो र मेसुट ओजिलले बलियो साझेदारी गरेका थिए। उनीहरुले संगै १ सय ४९ खेल खेलेका थिए। जसमा दुई मिलेर ३९ गोल गरेका थिए। दुई मिलेर रियलबाट कयौं उपाधि समेत जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *