June 22, 2024

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड रोड्रिगो गोजले मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको टाई अघि म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डको प्रशंसा गरेका छन्।

दुबै क्लबहरू गत वर्षको सेमिफाइनलमा भिड्दा म्याड्रिडले बर्नाबेउमा नाटकीय पुनरागमन सहित ६-५ ले जितेको थियो। सो जितपछि सिटीले एर्लिङ हालाण्ड जस्ता उच्च स्तरका खेलाडी थप गरेको छ। गत समरमा बोरुसिया डर्टमन्डबाट पेप गार्डियोलाको टोलीमा आबद्ध भएदेखि २२ वर्षीयाले सबै प्रतियोगितामा ५१ गोल गरेका छन्।

हालान्ड यस वर्षको च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुन्, जसले यस सिजनमा मात्र ८ खेलमा १२ गोल गरेका छन्। उनै हालाण्डको विषयमा बोल्दै रोड्रिगोले हालाण्डलाई कसरी रोक्ने कसैलाई थाहा नभएको बताए।

“हालाण्ड धेरै गोल गर्छन्। उनलाई कसरी रोक्ने कसैलाई थाहा छैन। मलाई आशा छ उनले हामी विरुद्ध गोल गर्ने छैनन्। मलाई आशा छ उसले हाम्रो विरुद्ध गोल। उनीहरु उत्कृष्ट टोली हुन् र उत्कृष्ट खेल्छन्। तर हामी विश्वस्त छौं कि हामी जित्नेछौँ।”,रोड्रिगोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *