June 14, 2024

एजेन्सी – गत सिजन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने क्रममा थियो। घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको पहिलो लेगमा रियल म्याड्रिडलाई ४-३ को गोल अन्तरले पराजित गरेका कारण सिटी कम दबाबमा थियो।

रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीले पहिला अग्रता लिएको थियो। तर पछि रियलले अप्रत्याशित रुपमा गोल गर्दै सिटीको च्याम्पियन्स लिग जित्ने सपना चकनाचुर पारेको थियो। रियलले दोस्रो लेग ३-१ को गोल अन्तरले पराजित गरेको थियो।

रियलका युवा स्टार रोड्रीगोले दुई मिनेटको अन्तरमा दुई गोल गरेसंगै रियल हारबाट जोगिएको थियो भने पछि करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरेका थिए। गत सिजन केहि मिनेट भित्र रियलको च्याम्पियन्स लिग सपना चकनाचुर भएको थियो।

च्याम्पियन्स लिगको सेमिफाइनलमा यस पटक पनि रियल र सिटी भिड्ने संयोग जुरेको छ। पहिलो लेग आज राति रियलको घरेलु मैदानमा हुनेछ। सिटी आज गत सिजनको बदला लिने दाउ सहित रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउको भ्रमण गर्नेछ।

आज सिटी उच्च लयमा रहेका युवा स्टार एर्लिङ हालाण्ड सहित रियल विरुद्ध मैदानमा उत्रनेछ। हालाण्ड यसै सिजन सिटी आइपुगेका हुन् र उनी धेरै नै राम्रो लयमा रहेका छन्। च्याम्पियन्स लिगको जारी सिजनमा उनले १२ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *