June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) ब्राजिलियन स्टार नेयमारले फ्रान्स छाड्ने निर्णय गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमारले अन्ततः आउने समर ट्रान्सफर विन्डोमा फ्रेन्च लिग वान छाड्ने निर्णय गरेका हुन्।

पेरिस सेन्ट-जर्मेन ग्रीष्ममा नेयमारलाई बिदाइ गर्न इच्छुक छ र ब्राजिलियनले प्रिमियर लिग स्विच गर्ने विचार गरिरहेका छन् भन्ने ब्राजिलियन मिडियाहरुले जनाएका छन्। ब्राजिलबाट प्रकाशित हुने केहि मिडियाहरुका अनुसार नेयमारले पिएसजी छाड्ने निर्णय गरिसकेका छन् र उनी नयाँ गन्तव्यको खोजिमा रहेका छन्।

ब्राजिलियन आउटलेट UOL अनुसार फ्रान्सेली च्याम्पियनहरूले सिजनको अन्त्यमा नेयमारसँग अलग हुने निर्णय गरेका छन् र सो निर्णय बारे नेयमार पनि जानकार छन्। पीएसजी टोलीमा सुधार गर्न चाहन्छ र नेयमारको पारिश्रमिक बिलबाट हटाउन चाहन्छ। सो खर्च अन्य युवा खेलाडीमा लगानी गरेर अगाडी बढ्ने पिएसजीको चाहना छ।

नेयमारलाई म्यानचेस्टर युनाइटेड, न्यूकासल र चेल्सी सहित धेरै प्रिमियर लिग क्लबहरूले भित्र्याउन चाहेका छन्। नेमारलाई अफलोड गर्ने पीएसजीको निर्णयसंगै धेरै क्लबहरुको कान ठाडो भएको अवस्था छ। पिएसजीले नेयमारलाई यहि सिजनको अन्त्यमा बिदाई गर्ने योजना पनि बनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *