June 25, 2024

अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले २०२३ लाउरेस स्पोर्ट्स अवार्डमा आफ्नो जितपछि कृतज्ञताको सन्देश लेखेका छन्। मे ८ सोमबार आयोजित एक समारोहमा मेस्सीलाई लाउरेस वल्र्ड स्पोर्ट्सम्यान अफ द इयर घोषित गरिएको थियो।

उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सहकर्मी किलीयन एमबाप्पे, एफ१ रेसर म्याक्स भर्सटापेन, स्विडेनी खेलाडी मोन्डो डुप्लान्टिस, टेनिस लिजेन्ड राफेल नाडाल र एनबीए सुपरस्टार स्टेफ करीलाई पछि पार्दै अवार्ड जितेका हुन्।

यो प्रतिष्ठित अवार्ड हात पार्ने पूर्व बार्सिलोना स्टार एक मात्र फुटबल खेलाडी हुन् र यो अवार्ड एक पटक भन्दा बढी जित्ने निकै कम खेलाडीमा पर्छन्। उनले यसअघि २०२० मा पनि एफ१ लिजेन्ड लुइस ह्यामिल्टनसँग अवार्ड बाँडेर जितेका थिए।

यसका साथै, लियोनल मेस्सीको अर्जेन्टिनाले कतारमा २०२२ फिफा विश्वकप जितेपछि लाउरेस वर्ल्ड टिम अफ द इयर अवार्ड जित्यो। फाइनलमा एमबाप्पेको फ्रान्स विरुद्धको खेलमा दुई गोल सहित सात खेलमा सात गोल र तीन असिस्ट गर्दै मेस्सीले आफ्नो टोलीको नेतृत्व गरेका थिए।

७ पटकका बालोन डी’ ओर विजेताले अवार्ड समारोह पछि केही तस्बिर पोस्ट गर्न इन्स्टाग्राममा गए। मेस्सीले पोस्टको क्याप्शन दिए (इन्स्टाग्रामले अनुवाद गरे अनुसार): “खेलको संसारको लागि यति विशेष पुरस्कारहरूको लागि धेरै धेरै धन्यवाद, @ laureussport।”

“व्यक्तिगत र सामूहिक मान्यता दुबै सबैको सफलताको नतिजा हो, मैले विश्वकप जितेर मेरो सपना पूरा गरें, जुन सपना वास्तवमा सबै अर्जेन्टिनाले साझा गरेको थियो, त्यसको लागि पुरस्कार सबै अर्जेन्टिनाका लागि हो।”

उनले थपे,”मलाई सधैं सम्मान र समर्थन गर्ने मेरो परिवार र मेरा प्रियजनहरूलाई धन्यवाद। र पक्कै पनि हामीलाई छनोट गरेकोमा विश्वभरका मिडिया र एकेडेमी अफ लाउरेसलाई। सबैलाई अँगालो!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *