June 14, 2024

फ्रान्स फुटबलले प्रदान गर्ने बालोन डी’ ओर अवार्ड फुटबल जगतको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड मानिन्छ। गत वर्षसम्म एक वर्षमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि प्रदान गरिँदै आएको यो अवार्ड यसपालीबाट भने एक सिजनमा सबैभन्दा राम्रो खेल देखाउने स्टारलाई प्रदान गरिनेछ।

गत वर्ष रियल म्याड्रिड स्टार करिम बेन्जेमाले यो अवार्ड पहिलो पटक उठाएका थिए। गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा उपाधि जिताएका फ्रेन्च स्टार यस अवार्डको सही हकदार थिए भन्नेमा कुनै दुई मत नै छैन।

विश्वकप २०२२ को समाप्तिसँगै बालोन डी’ ओर २०२३ को दौड पनि सुरु भइसकेको छ। केही खेलाडीले यस दौडमा आफूलाई निकै अगाडी लगिसकेका छन् भने केही दिग्गज खेलाडी निकै पछि परेका छन्।

विश्वकप आयोजना भएको वर्ष चौवार्षिक प्रतियोगिताले निकै महत्वपूर्ण भूमिका खेल्ने भएको कारण पनि यसपटक क्लब फुटबलका साथै विश्वकपको प्रदर्शनले पनि प्रमुख रोल खेल्नेछ।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी यस अवार्ड सबैभन्दा धेरै पटक हात पार्ने खेलाडी हुन्। उनले बालोन डी’ ओर अवार्ड ७ पटक जितेका छन् भने अन्तिम पटक उनले २०२१ मा यो पुरस्कार उठाएका थिए।

यसैबीच, विश्वकप २०२२ मा अर्जेन्टिनालाई तेस्रो पटक विश्व विजेता बनाएका उनलाई यसपटक पनि अवार्ड जित्न दाबेदारको रूपमा हेरिएको छ भने उनलाई दुई युवा स्टार किलियन एम्बाप्पे र एर्लिंग हालान्डले कडा टक्कर दिने देखिएको छ।

यस्तोमा, जानौं बालोन डी’ ओर २०२३ जित्नका लागि १० प्रमुख दाबेदारको पावर र्यान्किंग :-

१०. मार्कस रासफर्ड (म्यानचेस्टर युनाइटेड/इंग्ल्याण्ड) 

९. रोबर्ट लेवान्डोस्की (बार्सिलोना/पोल्याण्ड) 

८. ख्विचा क्वारात्सखेलिया (नापोली/जर्जिया)

७. केभिन डे ब्रुएना (म्यानचेस्टर सिटी/बेल्जियम)

६. भिक्टर ओसिमेन (नापोली/नाइजेरिया) 

५. करिम बेन्जेमा (रियल म्याड्रिड/फ्रान्स)

४. भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल) 

३. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन/फ्रान्स)

२. एर्लिंग हालान्ड (म्यानचेस्टर सिटी/नर्वे)

१. लियोनल मेस्सी (पेरिस सेन्ट जर्मेन/अर्जेन्टिना) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *