June 16, 2024

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले वेन रुनीलाई जवाफ दिएका छन्। पूर्व इंग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडीले च्याम्पियन्स लिग सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिडको भिडन्तमा कुनै तुलना नहुने दाबी गरेपछि क्रुसले रोचक जवाफ फर्काएका हुन्।

रुनीले टाईको अग्रतामा भनेका थिए कि रियल म्याड्रिडलाई म्यानचेस्टर सिटीले ध्वस्त पार्नेछ र पेप गार्डियोलाको टोली अहिले विपक्षीहरू भन्दा धेरै राम्रो छ। मंगलबार रातिको खेल अघि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले गत वर्ष पनि त्यस्तै भनिएको र रियल विजयी हुँदै फाइनल प्रवेश गरेको उल्लेख गरे।

“मलाई लाग्छ यो सधैं उस्तै छ, मलाई याद छ कि उनीहरूले गत वर्ष पनि यस्तै भनिएको थियो। कसैले पनि हामीले जित्ने कुरामा विश्वास गरेको थिएन। तर हामी जित निकाल्न सक्षम भयौं। उनले भनेका शब्दहरू बाहेक, रुनी मलाई धेरै मन पर्ने व्यक्ति हुन्।”,क्रुसले भने।

सिटीको अगाडी रियल केहि होइन भन्ने जस्ता टिप्पणीहरुले आफूहरुलाई प्रेरणा मात्र दिने क्रुसको भनाई छ। लस ब्लान्कोसलाई गत वर्ष कम मूल्याङ्कन गरिएको थियो। गत वर्ष सिटीले रियललाई पराजित गर्ने धेरैको दावी थियो। तर त्यसको विपरित रियलले सिटीको चुनौतीलाई पाखा लगाएर च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *