June 16, 2024

इंग्ल्याण्डका पूर्व प्रशिक्षक फाबियो क्यापेलोले फ्रेब्च स्टार किलीयन एमबाप्पे वर्तमान समयमा लियोनल मेस्सीभन्दा उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का दुवै सुपरस्टारले उत्कृष्ट सिजन बिताइरहेका छन्। जारी सिजन एमबाप्पेले विभिन्न प्रतियोगिताभर ३९ खेलमा ३६ गोल गरेका छन् भने नौ सहयोग गरेका छन्। यसैबीच मेस्सीले ३७ खेलमा २० गोल र १९ असिस्ट गरेका छन्।

गत वर्ष कतारमा भएको २०२२ विश्वकपमा पनि निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। लियोनल मेस्सीले अर्जेन्टिनालाई फाइनलमा फ्रान्सलाई हराएर गोल्डेन बल जितेर विश्वकप उपाधि उचाल्न मद्दत गरेका थिए। यसैबीच एमबाप्पेले फाइनलमा ह्याट्रिक गर्दै गोल्डेन बुट जितेका थिए।

धेरै फ्यान र पण्डितहरू विश्वास गर्छन् कि मेस्सी र एर्लिङ हालान्ड यस सिजनका दुई उत्कृष्ट खेलाडीहरू हुन्। तर, क्यापेलोले एम्बाप्पे अर्जेन्टिनाका खेलाडीभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन्।

उनले लाउरेस पुरस्कार समारोहमा भने,”मेस्सीले आफ्नो करियरमा र धेरै वर्षहरूमा जे गर्दै आएका छन् त्यहि नै गरेका छन् र त्यो उत्कृष्ट छ। उनी धेरै वर्षको लागि उत्कृष्ट हुन्। तर अहिले एमबाप्पे राम्रो छन्। उनीसँग मेस्सीको जादू नभए पनि उनी बलियो छन्, उनी छिटो छन् र उनले गोल गर्छन्।”

२४ वर्षीय एम्बाप्पे हाल यस सिजन लिग १ मा २४ गोलसहित संयुक्त सर्वाधिक गोलकर्ता हुन्, जसको बराबरी अलेक्जेन्डर लाकाजेटले गरेका छन्। यसैबीच, मेस्सी १५ असिस्ट सहित लिग १ का सर्वाधिक असिस्टकर्ता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *