June 22, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेल बराबरीमा रोकिन पुगेको हो। सान्टियागो बर्नाबाउमा रियलले पहिलो हाफमै अग्रता लिएपनि सो अग्रता अन्तिम सम्म जोगाउन भने सकेन। फलस्वरूप खेल १-१ को बराबरीमा सकियो।

खेलभर सिटीले बलमा बढी नियन्त्रण राखेको थियो। तर आक्रमण भने बढी रियलको तर्फबाट भएको थियो। बलमा सिटीले ५६ प्रतिशत नियन्त्रण राखेको थियो। सिटीको तर्फबाट कुल १० प्रहार भएका थिए। जस मध्ये ६ प्रहार टार्गेटमा थिए। रियलले भने खेलभर कुल १३ प्रहार गरेको थियो। जसमध्ये ४ प्रहार टार्गेटमा थिए।

खेलको ३६ औं मिनेटमा रियलले सुरुवाती अग्रता लिन सफल भएको थियो। काउन्टर अट्याकमा एडुआर्डो कामाभिंगाले बढाएको बललाई भिनिसियस जुनियरले गोलमा परिणत गरेका थिए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक एडरसनलाई बिट गर्दै गोलमा परिणत भएको थियो।

त्यसपछि खेलको ६७ औं मिनेटमा सिटीले पनि सानदार गोल फर्कायो। कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सानदार गोल गर्न सफल भए। पेनाल्टी क्षेत्र बाहिरबाट डे ब्रुएनाले गरेको प्रहारले गोलपोस्ट चुमेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *