June 14, 2024

एजेन्सी – गए राति च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी आमने-सामने भए। रियलको घरेलु मैदानमा दुई उत्कृष्ट टोली आमने-सामने भएका हुन्। दुवै टोलीले एक अर्कालाई दबाबमा राख्दै जित निकाल्ने प्रयास गरे। तर कुनै पनि टोलीले जित निकाल्न भने सकेनन्।

पहिलो हाफमा रियलले अग्रता लिँदा सिटीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। खेलभर सिटीले बलमा बढी नियन्त्रण राखेको थियो। तर आक्रमण भने बढी रियलको तर्फबाट भएको थियो। बलमा सिटीले ५६ प्रतिशत नियन्त्रण राखेको थियो। सिटीको तर्फबाट कुल १० प्रहार भएका थिए। जस मध्ये ६ प्रहार टार्गेटमा थिए। रियलले भने खेलभर कुल १३ प्रहार गरेको थियो। जसमध्ये ४ प्रहार टार्गेटमा थिए।

सिटीले पहिलो हाफमा रियललाई पूर्ण दबाबमा राखेको थियो भने दोस्रो हाफको सुरुवाती अवस्थामा पनि सिटी नै राम्रो प्रदर्शन गरिरहेको थियो। तर खेलको अन्त्यतिर रियलले राम्रो प्रदर्शन गर्न सफल भएको थियो। रियलका लागि गोल भिनिसियसले गरेका थिए। उनले खेलभर रियलका लागि उच्च प्रदर्शन गरे।

खेलको ३६ औं मिनेटमा उनले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। काउन्टर अट्याकमा एडुआर्डो कामाभिंगाले अगाडी बढाएको बललाई भिनिसियसले गोलमा परिणत गराउन सफल भएका थिए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उनले २० यार्ड परबाट गरेको शक्तिशाली प्रहारलाई सिटीक गोलरक्षकले जोगाउन सकेनन्।

भिनिसियसले उत्कृष्ट प्रदर्शन गर्दा सिटीका युवा स्टार एर्लिङ हालाण्ड भने ओझेलमा परे। हालाण्डले रियल विरुद्ध आफ्नो जादू चलाउन नै सकेनन्। रियलका डिफेन्डरहरुका अगाडी उनको केहि लागेन। उनलाई रियलका डिफेन्डरहरुले खेलभर नियन्त्रणमा राख्न सफल भएका थिए। हालाण्डले खेलभर मात्र २१ पटक बल चलाउन पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *