June 16, 2024

एजेन्सी – न्टियागो बर्नाबेउमा भएको युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड म्यानचेस्टर सिटीसँग बराबरी खेल्दा रियलका भेट्रान मिडफिल्डर लुका मोड्रिचले भने सन्तुष्ट हुन सकेनन्।

खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा मोड्रिचले सिटी विरुद्ध बराबरी पर्याप्त नभएको बताए। उनका अनुसार सिटी विरुद्ध रियलले अझ राम्रो गर्न सक्थ्यो। पहिलो लेग बराबरी खेलेपनि दोस्रो लेग उच्च मनोबल सहित खेल्ने मोड्रिचको भनाई छ।

“हामीले यो भन्दा राम्रो नतिजा पाउन सक्थ्यौं। तर हामी त्यही आत्मविश्वास र आशावादका साथ दोस्रो लेगमा प्रवेश गर्नेछौं। हामी त्यहाँ जित्न सक्छौं। खेल खुल्ला छ र दुवै टोलीसँग मौका छ। हामी आज राती केहि पनि तय हुने छैन भन्नेमा ढुक्क थियौं।”,मोड्रिचले भने।

तथ्यांकगत रूपमा भन्नुपर्दा, रियल विरुद्ध सिटीले राम्रो प्रदर्शन गरेको थियो। बल नियन्त्रणको मामलामा सिटी अगाडी थियो। सिटीले बलमा ५६ प्रतिशत नियन्त्रण राखेको थियो। खेल बराबरीमा टुंगिएसंगै अब दुवै टोली दबाबमा परेका छन्।

दुवै टोली दोस्रो लेगमा जसरी पनि जित निकाल्ने दाउमा हुनेछन्। सिटीको घरेलु मैदानमा दोस्रो लेग हुनेछ। घरेलु मैदान हुने हुँदा सिटीलाई केहि सहजता भने पक्कै हुनेछ। पहिलो लेगमा रियलका लागि भिनिसियसले गोल गरेका थिए भने सिटीका लागि केभिन डे ब्रिएनाले गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *