June 17, 2024

एजेन्सी – साउदी अरेबियन क्लब अल हिलालले कथित रूपमा लियोनेल मेस्सीको लागि आफ्नो प्रस्तावलाई बढाएको छ र अर्जेन्टिनालाई आफ्नो क्लबमा सामेल हुन लोभ्याउने अर्को प्रयास गरेको छ। विभिन्न साउदी अरेबियन मिडियाहरुका अनुसार अल हिलालले प्रस्तावित पारिश्रमिकलाई बढाएको छ।

यस अगाडी अल हिलालले मेस्सीलाई ४ सय मिलियन युरो भन्दा बढी पारिश्रमिक दिने प्रस्ताव पठाएको थियो। तर मेस्सीले सो प्रस्तावलाई स्वीकार नगरेको अवस्थामा अल हिलालले पारिश्रमिक थप गरेर प्रस्ताव पठाएको छ। अल हिलालले पहिला गरिएको प्रस्तावमा एक समय मिलियन युरो पारिश्रमिक थप गरेर प्रस्ताव पठाएको बताइन्छ।

अल हिलाल मेस्सीलाई रोनाल्डोले पाउँदै आएको भन्दा डबल पारिश्रमिक दिन तयार देखिएको छ। पछिल्लो पटक अल हिलालले ५ सय मिलियन युरो पारिश्रमिक सहितको प्रस्ताव मेस्सीलाई पठाएको खबर बाहिरिएको छ। मेस्सीलाई अल हिलालबाट नयाँ सम्झौता प्रस्ताव आएको खबर फ्रेन्च पत्रिका ले इक्विपले पनि प्रकाशित गरेको छ।

पेरिस सेन्ट जर्मेन(पिएसजी) स्टारकी श्रीमती एन्टोनेला रोकुज्जो मध्यपूर्वमा सर्न अनिच्छुक रहेको खबर बाहिरिएको एक दिन नबित्दै अल हिलालले पारिश्रमिक बढाएर नयाँ प्रस्ताव पठाएको खबर बाहिरिएको छ। पिएसजीमा मेस्सीको सम्झौता सकिन अब केहि महिना मात्र बाँकी छ। यस सिजनको अन्त्यसँगै मेस्सी फ्री एजेन्ट हुनेछन्। उनी फ्री ट्रान्सफरमा जहाँ पनि जान सक्नेछन्।

मेस्सीका पिता तथा एजेन्ट जर्ज मेस्सीले मेस्सीको भविष्यलाई लिएर अहिले नै कुनै निर्णय लिने पक्षमा आफूहरु नरहेको स्पष्ट पारिसकेका छन्। उनका अनुसार सिजनको अन्त्य पछि मात्रै मेस्सीको भविष्य बारे निर्णय गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *