June 14, 2024

एजेन्सी – गएको केहि समय देखि अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको भविष्य निरन्तर चर्चामा छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता सकिने दिन नजिकिँदै गर्दा मेस्सी कहाँ जाने भन्ने अझै टुंगो छैन। मेस्सी सकेसम्म बार्सिलोना फर्किने प्रयासमा छन्। तर बार्सिलोनाको आर्थिक संकट मेस्सीको बार्सिलोना फिर्तिमा तगारो बनिरहेको छ।

यसैबीच बार्सिलोनाका पूर्व खेलाडी तथा प्रशिक्षक पेप गार्डियोलाले बार्सिलोना फर्किन मेस्सीले सक्दो प्रयास गर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेप गार्डियोलाले बार्सिलोना फर्किन मेस्सीले अन्तिम सम्म प्रयास गर्ने बताएका हुन्।

ईएसपीएन खेलकुद केन्द्रसँगको कुराकानीका क्रममा उनले बताएकी की मेस्सी मात्र नभई बार्सिलोनाका अध्यक्ष जोआन लापोर्ताले पनि मेस्सीको फिर्तीका लागि सक्दो प्रयास गर्नेछन्। मेस्सी बार्सिलोना फिर्ता हुने र उनको राम्रोसँग बिदाई गर्न सकिनेमा गार्डियोला आशावादी देखिए।

“म पक्का छु कि लियो मेस्सीले बार्सिलोना फर्कन सबै प्रयास गर्नेछन्। मलाई यकीन छ कि जोन लापोर्टाले यो गर्न प्रयास गर्नेछन् र मेस्सीले पनि उस्तै प्रयास गर्नेछन्। एक दिन हामी बार्सिलोनाको साथ मेस्सीलाई बिदाइ गर्न सक्छौं भन्ने मैले आशा गरेको छु। उनी इतिहासको उत्कृष्ट खेलाडी हुन्, उनी सानदार बिदाईको हकदार छन्।”,गार्डियोलाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *