June 25, 2024

एजेन्सी – रियल म्याड्रिडले सनसनीपूर्ण रूपमा पेरिस सेन्ट-जर्मेनका केलियन एमबाप्पेको खोजीलाई पुनरुत्थान गर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार रियल म्याड्रिडले आउने समर ट्रान्सफरमा पुनः एम्बाप्पे भित्र्याउन प्रयास गर्ने भएको हो।

रियलले आउने समर ट्रान्सफरमा युवा मिडफिल्डर जुडे बेलिङ्घमलाई भित्र्याउने पक्का-पक्कि गरिसकेको छ। जुडे बेलिङ्घम रियल आउन व्यक्तिगत तवरमा तयार भैसकेका छन् र अब रियल र बोरुसिया डर्टमण्ड बीच सहमति हुन मात्रै बाँकी छ।

जुडे बेलिङ्घम ट्रान्सफर लगभग निष्कर्षमा पुग्न लागेको अवस्थामा रियलको ध्यान एम्बाप्पे तर्फ मोडिएको बेलायती पत्रिका द टेलिग्राफले जनाएको छ। द टेलिग्राफका अनुसार रियलले एमबाप्पेका लागि नयाँ बोली लगाउने योजना बनाएको छ।

गत सिजन एम्बाप्पे रियल म्याड्रिड ट्रान्सफरको धेरै नजिक थिए। पिएसजीसँगको सम्झौता सकिने बितिकै उनी फ्री ट्रान्सफरमा रियल आउने तय भएको थियो। तर अन्तिम समयमा एम्बाप्पेले आफ्नो निर्णयमा फेर बादल गरे। उनले पिएसजीसँगको सम्झौता थप गरे।

एम्बाप्पेको सो कदमलाई रियलले धोकाको रुपमा लिएको थियो। तर गत वर्षको घटनालाई रियल भुलेर अगाडी बढ्न तयार देखिएको छ। रियलले आउने समर ट्रान्सफर विन्डोमा बेलिङ्घम सँग-संगै एम्बाप्पेलाई पनि भित्र्याउन सक्छ।

पिएसजी र एम्बाप्पे बीच सन् २०२४ को समर सम्मका लागि सम्झौता छ। त्यसपछि आपसी सहमतिमा एक वर्ष सम्झौता थप गर्ने सहमति दुई पक्ष बीच भएको थियो। पिएसजीबाट एम्बाप्पे रियल जाने निश्चित नै छ। किनकि एम्बाप्पे रियलबाट खेल्ने सपना बाल्यकाल देखि नै देखिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *