June 14, 2024

एजेन्सी – रियल म्याड्रिडका पूर्व विंगर एन्जल डि मारियाले हालै लस ब्लान्कोसले यो सिजन युइएफए च्याम्पियन्स लिग जित्ने भविष्यवाणी गरेका छन्। डि मारियाले एक मिडियासँग कुराकानी गर्नेक्रममा आफ्नो पुरानो क्लबले सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई हराउने दाबी गरेका छन्।

लस ब्लान्कोसले भर्खरै सान्टियागो बर्नाबेउमा युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग १-१ को बराबरी खेलेको थियो। मे १७ मा इतिहादमा दोस्रो लेगमा खेल्न बाँकी रहेको बेला, डि मारिया आफ्नो पूर्व टोलीमा भरोसा रहेको बताए।

“मलाई लाग्छ रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई हराएर च्याम्पियन्स लिग जित्नेछ।”,डि मारियाले भने। अर्जेन्टिनी स्टारले लस ब्लान्कोससँग चार वर्ष लामो समय बिताएका थिए। स्पेनको राजधानीमा रहँदा उनले १ सय ९० खेलमा ३६ गोल गरेका थिए भने ८५ असिस्ट प्रदान गरेका थिए।

डि मारियाले अन्य ट्रफीहरू मध्ये एक UCL र एक ला लिगा उपाधि रियलमा हुँदा जितेका थिए। 2013-14 UEFA च्याम्पियन्स लिग फाइनलमा लिस्बनमा लस ब्लान्कोसले एट्लेटिको म्याड्रिडलाई हराउँदा उनी टोलीको महत्वपूर्ण हिस्सा थिए।

लस ब्लान्कोसले फाइनलमा एट्लेटिको म्याड्रिडलाई (४-१) हराएर आफ्नो १० औं UCL ट्रफी उचालेको थियो। त्यसपछि उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलेका थिए। अहिले उनी ५ वर्षिय खेलाडी अहिले सिरी ए दिग्गज युभेन्टसबाट खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *