June 14, 2024

एजेन्सी – प्रिमियर लिग क्लब सिटीका लागि उच्च प्रदर्शन गरिरहेका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले आफ्नो एक सफलता हाँसिल गरेका छन्। अप्रिल महिनामा गरेको उच्च प्रदर्शनका लागि हालाण्ड प्रिमियर लिग प्लेयर अफ द मन्थ घोषित भएका हुन्। प्रिमियर लिगले हालाण्डलाई अप्रिल महिनाको उत्कृष्ट खेलाडी घोषित गर्यो।

हालाण्डले प्रिमियर लिगका सबै खेलमा गोल गर्न सफल भएका थिए। सिटीले अप्रिल महिनामा कुल चार प्रिमियर लिग खेल खेलेको थियो। जसमध्ये सबै खेलमा हालाण्ड सहभागी थिए र उनले सबै खेलमा गोल समेत गर्न सफल भए। हालाण्डले अप्रिल महिनामा ६ गोल गरेका थिए भने दुई असिस्ट पनि दिएका थिए।

हालाण्डको उच्च प्रदर्शनमा सिटीले अप्रिल महिनामा सबै प्रिमियर लिग खेलहरु जित्यो। जससँगै सिटीले प्रिमियर लिग उपाधि दौडमा सानदार सफलता हाँसिल गर्यो। सिटी यति बेला प्रिमियर लिगको शिर्ष स्थानमा छ र अप्रिल महिनामा गरेको उच्च प्रदर्शनकै कारण यो सम्भव भएको हो।

हालाण्डले अप्रिल महिनामा दुई टोली विरुद्ध १-१ र दुई टोली विरुद्ध २-२ गोल गरेका थिए। हालाण्डले फुलहम र आर्सनल विरुद्ध एक-एक गोल गर्दा लेस्टर सिटी र साउथह्याम्टन विरुद्ध २-२ गोल गरेका थिए। यस सिजन हालाण्डले प्रिमियर लिगमा सिटीका लागि कुल ३२ खेल खेलेका छन्। जसमा उनले ३५ गोल गरिसकेका छन् भने ७ असिस्ट पनि दिएका छन्।

निरन्तर गोल गरिरहेका उनी प्रिमियर लिगको शिर्ष गोलकर्ता समेत रहेका छन्। प्रिमियर लिग निष्कर्ष तर्फ अगाडी बढ्दै गर्दा हालाण्ड प्रिमियर लिगको गोल्डेन बुटको धेरै नजिक छन्। यस भन्दा अगाडी हालाण्ड अगस्ट महिनामा पनि उत्कृष्ट खेलाडी घोषित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *