June 25, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आवद्ध गोकुलम केरेला एफसीले भारतीय महिला लिग (आईडब्ल्यूएल)मा तहल्का मच्चाउने कार्य जारी राखेको छ। गोकुलमले पछिल्लो खेलमा मुम्बई किंग्स एफसी विरुद्ध गोल वर्षा गर्दै सानदार जित निकाल्न सफल भयो।

शुक्रबार भएको खेलमा सावित्रा एक्लैले आधा दर्जन भन्दा बढी गोल गरिन्। मुम्बई किंग्स एफसी विरुद्ध सावित्रा एक्लैले ७ गोल गरेकी थिइन्। गोकुलमले मुम्बई किंग्स एफसीलाई ११–१को गोल अन्तरले पराजित गर्न सफल भयो। गोकुलमका लागि सावित्राले ७ गोल अर्ड सन्ध्या रंगनानाथले २ तथा इन्दुमती र रोजाले समान १ गोल गरेका थिए। मुम्बइकी भुमिका मानेले गरेको गोल सान्त्वना बन्न पुग्यो।

सावित्राले ११ औं, १६ औं र ३२ औं मिनेटमा गोल गर्दै सहजै ह्याट्रिक पूरा गरेकी थिइन्। त्यसपछि खेलको ३९, ५५ , ८९ औं मिनेटमा गोल गर्दा उनको डबल ह्याट्रिक पूरा भयो। इन्ज्युरी समयको दोस्रो मिनेटमा पनि सावित्राले गोल थप्न सफल भएकी थिइन्।

एकै खेलमा सावित्राले चार गोल भन्दा बढी गोल गरेको यो पाँचौ पटक हो। सावित्रले जम्मा ७ खेलमै २६ ओल गरिसकेकी छन्। सावित्रा सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेकी छन्। गोकुलमले ६ खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेलेको छ। बराबरी खेलेको बाहेक सबै खेलमा उनले गोल गरेकी छन्।

९ गोलका साथ सेथु एफसीकी काजोल डेसुजा उच्च गोलकर्ताको दोस्रो स्थानमा रहेकी छन्। उच्च प्रदर्शनको लागि उनी प्लेयर अफ दी म्याच समेत घोषित भइन्। ७ खेलमा ६ जित र १ बराबरी खेल्दै गोकुलम १९ अंकका साथ समूह एको शीर्षस्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *