June 16, 2024

एजेन्सी – ब्राजिलियन पूर्व स्टार रिभाल्डोले हालै रियल म्याड्रिडका सुपरस्टार भिनिसियस जुनियर युइएफए च्याम्पियन्स लिगमा ब्राजिलका सबै समयको सर्वाधिक गोलकर्ता बन्ने दावी गरेका छन्। एक स्तम्भ लेख्नेक्रममा रिभाल्डोले च्याम्पियन्स लिग गोलको मामलामा भिनिसियसले सबै ब्राजिलियन खेलाडीहरुलाई पछि पार्ने दावी गरेका हुन्।

युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा युवा खेलाडीले बक्स बाहिरबाट सनसनीपूर्ण गोल गर्दा च्याम्पियन्स लिग गोलसंख्या १५ पुर्याए। बेटफेयरको लागि आफ्नो ब्लगमा रिभाल्डोले २२ वर्षको उमेरमै च्याम्पियन्स लिगमा १५ गोल गरेका भिनिसियसले सबै ब्राजिलियन खेलाडीहरुलाई पछि पार्न सक्ने सम्भावना रहेको दावी गरेका छन्।

“एक कठिन सुरुवात पछि भिनी जुनियरले रियल म्याड्रिडमा स्टार्टरको रूपमा आफूलाई स्थापित गर्न संघर्ष गरे। आंशिक रूपमा आफ्नो फुनिसिंग समस्याको कारण समस्यामा परेपनि उनी अब टोलीको प्रमुख खेलाडी हुन् र उनले म्यानचेस्टर सिटी विरुद्ध एक पटक फेरि आफू उत्कृष्ट रहेको देखाए।”,रिभाल्डोले आफ्नो स्तम्भमा लेखेका छन्।

बक्स बाहिरबाट गरेको गोलले भिनिसियस र राम्रो गोल स्कोररको रूपमा विकसित भएको पुष्टि गर्ने रिभाल्डोको भनाई छ। उनी अब आफैं शट लिन सक्ने र गोल गर्न सक्ने भएको रिभाल्डोको भनाई छ। च्याम्पियन्स लिगका ३० गोल गरेका काका र ४२ गोल गरेका नेयमारलाई आउने समयमा भिनिसियसले पछि पार्ने रिभाल्डोको दावी छ।

उनले लेखेका छन्,”उनीले 22 वर्षको उमेरमा च्याम्पियन्स लिगमा 15 गोलहरू पुर्‍याएका छन् र मलाई विश्वास छ कि उनी प्रतियोगितामा ब्राजिलका सर्वाधिक गोलकर्ता बन्न सक्छन्। उनले काका (30) र नेयमार (43) दुवैलाई उछिन्नेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *